तोलामा ८ सय रुपैयाँले घट्यो सुन

मंगलबार र बुधबार गरी ७ सयले बढेको सुन बिहीबार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला  ९२ हजार १ सय रुपैयाँ कायम गरेको छ। मंगलबार ९२ हजार ८ सयमा कारोबार भएको सुन बुधबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ६ सय पुगेको छ । मंगलबार ९२ हजार ३०० मा कारोबार भएको तेजाबी सुन बुधबार ९२ हजार ४ सय पुगेको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलर कायम छ। 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १२:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया