अनि चन्दुले दुई प्रेमिकासँग एउटै मण्डपमा बिहे गरे
फोटामा क्रमशः सुन्दरी चन्दु र हसिना ।

एक युवतीलाई आफूसँग सम्बन्ध रहेको युवकको अर्की प्रेमिका रहेको थाहा पाउँदा कस्तो पीडा होला अनि ती दुवै प्रेमिकालाई ती युवकले एकै ठाउँमा भेटाएर कुराकानी गर्न लगाउँदा कस्तो महसुस गलान् ? 

पक्कै पनि दुवैले ती युवकलाई धोकेवाज भनेर गाली गर्नेछन् । उनको इमान्दारिता र चरित्रमाथि प्रश्न उठाउने छन् । अन्ततः दुवैमध्ये एकले वा दुवै जनाले त्यो केटाको साथ छाड्न सक्छन् । 

यस्तो अवस्थामा दुवै प्रेमिकाले एउटै केटासँग बिहे गरेर बस्छौँ भने के होला ? यो सम्भावनाबारे सोच्न पनि कठिन पर्छ तर भारत छत्तिसगढका दुई युवती र एक युवकले यसलाई सम्भव बनाइ दिएका छन् । 

छत्तिसगढको बस्तर जिल्ला निवासी २४ वर्षीया चन्दु मौर्यले एकैसाथ दुई युवतीलाई एउटै मण्डपबाट बिहे गरेका छन् । उनले यही जवनरी ५ मा २१ वर्षीया सुन्दरी कश्यप । २० वर्षीया हसिना बघेलका साथ विवाह गरेका हुन् । उनले आफ्नै घरमा ठूलो संख्यामा गाउँलेको उपस्थितिमा विवाह गरेका हुन् । 

३ वर्ष पहिले बस्तर जिल्लाकै लोकापाल क्षेत्रमा बिजुलीको पोल हाल्ने काममा गएका थिए । त्यहाँ उनको सुन्दरीसँग भेट भयो । यस क्रममा दुवैजना नजिक भए । पछि उनीहरुको निकटता प्रेममा परिणत भयो। 

करिब एक वर्ष पहिले फेरि चन्दुको जीवनका हसिनाको प्रवेश भयो । चन्दु गाउँमा भएको एक विवाह समारोहमा गएका थिए । त्यहाँ हसिनापनि आएकी थिइन् । त्यहाँ भेटभएपछि दुवै नजिक भए । त्यसपछिका दिनमा हसिनाले चन्दुलाई आफ्नो जीवनसाथीका रुपमा हेर्न थालिन् । 



चन्दुलाई यो कुरा भनिन् पनि । अनि चन्दुले आफ्नी प्रेमिका सुन्दरीका बारेमा हसिनालाई जानकारी दिए । पहिलेकी प्रेमिकालाई धोका दिन नसक्ने पनि स्पष्ट पारे ।

यस कुराले हसिना दुःखी भइनन् । बरु अर्की प्रेमिकासँगै आफू पनि चन्दुसँग बिहे गर्न तयार रहेको बताइन् । 



यस कुराले चन्दु अचम्मित भए । उनले दुवै प्रेमिकासँग यसबारे कुराकानी गरेर भेटाए । दुवै जना चन्दुसँगै एकसाथ बिहे गर्न सहमत भए। 

युवतीका परिवार र गाउँलेहरुले पहिले यस कुरामा आपत्ति जनाए पनि पछि उनीहलाई साथ दिएका थिए । उनीहरुलाई सुखद् जीवनका कामना गर्दै आशीर्वाद दिएका थिए । सुन्दरीका परिवार नआएपनि हसिनाका परिवार विवाह समारोहमा सामेल भएका थिए । 

उनको विवाहमा करिब ५०० सय जनाको उपस्थिति थियो । 

उनले विवाहका लागि छपाएको निमन्त्रणा कार्ड र विवाहको भिडियो भारतभर सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।

 हिन्दूस्तान टाइम्सबाट  भिडियो यहाँ हेर्नुहोस् 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १५:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया