शैक्षिक सत्र जेठसम्म लैजान प्रस्ताव
प्रतीकात्मक तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा गर्ने प्रस्ताव गरेको छ । बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि जेठको अन्तिम साता गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव गरेको छ ।

यसअघि हरेक वर्ष शैक्षिक सत्र चैतमा अन्त्य हुन्थ्यो । यो वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएको तथा अन्य शैक्षिक गतिविधिसमेत ठप्प भएकाले जेठको अन्तिमसम्म शैक्षिक सत्र लैजान प्रस्ताव गरिएको बोर्डको भनाइ छ ।

कोरोनाको अवस्था पहिले भन्दा सामान्य हुँदै गएपछि अहिले देशभर अनलाइन कक्षा सञ्चालन भइरहेका छन् भने कतै भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुँदै छन् । 

कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १५:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया