दक्षिण कोरियाकी पूर्वराष्ट्रपतिलाई २० वर्ष जेल सजायँ

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २० वर्षको जृल सजायँ सुनाइएको छ ।  उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले उनलाई जेल सजायँ तोकेको कोरियन समाचार एसेन्सी योनाप जनाएको छ । 

योनापका अनुसार जेल सजायँका साथै पार्कलाई १८ अर्ब कोरियन वन जरिवाना तोकिएको छ ।

२०१३ देखि २०१७ सम्म दक्षिण कोरियाकी राष्ट्रपति रहेकी पार्कले विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि मुद्दा दायर भएको थियो ।

दक्षिण कोरियाको पहिलो राष्ट्रपति रहेकी पार्कलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट हटाइएको थियो । 


६८ वर्षीया पार्क २०१७  मार्च ३१ देखि नै कारागारमा रहँदै आएकी छिन् ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १६:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया