लयमा फर्कँदै तातोपानी नाका, राजस्वमा सुधार

तातोपानी भन्सार कार्यालयले पुसमा २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभिन्न कारणले लामो समय आयात ठप्पजस्तै बनेको  तातोपानीबाट पछिल्लो समय चिनियाँ सामान आउने क्रम बढेसँगै पहिलेको तुलनामा राजस्व बढेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । 

मंसिरमा दैनिक ८ वटा कन्टेनर आउने गरेकोमा अहिले बढेर दैनिक २० पुगेको  उनले बताए । तातोपानी नाका हुँदै हाल मेसिनरी पार्टपुर्जा र गार्मेन्टका सामानसमेत आउने गरेको उनले  जानकारी दिए ।

विस्तारै लयमा फर्कँदै  गरेको तातोपानी भन्सार एक सातापछि पुनः बन्द हुने भएको छ । सीमा पुल पुनर्निर्माणका लागि भन्दै नाका एक साता बन्द गर्न लागिएको हो 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया