नेता–कार्यकर्ता पक्राउको विरोधमा विप्लवको साताव्यापी विरोध कार्यक्रम सार्वजनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लगायत नेता तथा कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबार बाँस्तोलासहित ३ जनालाई पक्राउ गरेको थियो । उनीहरु ललितपुरको गिम्दीबाट पक्राउ परेका थिए ।  

विप्लव नेकपाले आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मसाशाल जुलुस गर्ने भएको छ । 

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा माघ १० मा नेपाल बन्द गर्ने जनाइएको छ । 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया