ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा ११ र १२ को पढाइ निःशुल्क

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा ११ र १२ को पढाइ निःशुल्क गरिएको छ । गाउँपालिकाका पाँच विद्यालयमा पढ्ने झण्डै सात सय विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् । 
 
गाउँपालिकाले ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयन गराएको हो । गाउँपालिकाले विद्यार्थीलाई भर्ना शुल्क, रजिस्ट्रेसन र परीक्षा दस्तुरबापत वार्षिक १५ सय र मासिक शुल्क चार सय गरी ६ हजार ३ सय रुपैयाँ सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउनेछ । 

गाउँपालिकाका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले प्राविधिक विषय पढ्ने गाउँपालिकाभित्रका आठ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउँदै आएको छ । 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार २१:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया