गत ६ जनवरीमा अमेरिकाको संसद भवन क्यापिटल हिलमा प्रवेश गर्ने मध्येका एक ट्रम्प समर्थक पक्राउ परेका छन् । कडा सुरक्षाका बीच संघीय भण्डा बोकेर क्यापिटल हिलभित्र छिरेका केविन सीफ्राइड नाममा व्यक्तिलाई एफबीआईले प्रक्राउ गरेको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार एफबीआईले ती व्यक्तको पहिचानका लागि उनले भण्डा बोकेको तस्वीर अनलाइनबाटै व्यापक रुपमा फैलाएको थियो । ती व्यक्तिलाई बिहीबार डेलावेयरस्थित उनकै घरबाट पक्राउ गरिएको हो।
सिएनएनमा प्रकाशित खबर अनुसार उनका एक साथीले एफबीआईलाई दिएको जानकारीका आधारमा सीफ्राइड पक्राउ परेका हुन् । सीफ्राइड आफू भण्डा लिएर क्यापिटल हिलभित्र प्रवेश गरेको कुरा अभिमानका साथ आफ्ना बाबुलाई भनेको ती साथीले सुनेका थिए ।
पक्राउ परेका सीफ्राइडले आफूले वासिङटनकै डेलावेयरमा रहेको आफ्नो घरबाट त्यो भण्डा लिएर गएको एफबीआई समक्ष बयान दिएका छन् ।
उनलाई जानबुझीकन प्रतिबनिधत क्षेत्रमा प्रवेश गरेको र हिंसा भड्काउने काममा संलग्न सहयोग आभियोगमा मुद्दा चलाइएको एफबीआईलाई उद्धृत गर्दै सिएनएनले खरब दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।