सुन प्रतितोला ४ सयले रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनबजारमा उतार चढाव आइरहेको छ । मंगलबार र बुधबार ७ सयले बढेको सुन बिहीबार ८ सयले घटेको थियो । बिहीबारको तुलनामा आज (शुक्रबार) सुन ४ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम गरेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर ९२ हजार पुगेको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलर कायम छ।





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १२:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया