दुई मन्त्री भेटेपछि दिल्लीमा नेपाल-भारत संयुक्त आयोग बैठक सुरु

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी सुब्रह्मण्यम जयशंकरबीच भेटवार्तापछि नयाँ दिल्लीमा नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ। 

नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा शुक्रबार बिहान भेटवार्ता भएको थियो। त्यस भेटमा  उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोबारे छलफल भएको थियो। 

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवरद्धन श्रृङ्गला र  नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। 

भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा सुरु भएको छ। बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुँदैछ। 

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय-विभागका उच्च अधिकारी पनि सहभागी भएका नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। भारतको तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार दिल्ली पुगेको थियो। 

Nepal Foreign Minister Pradeep Kumar Gyawali meets External Affairs Minister S Jaishankar at Hyderabad House in Delhi. pic.twitter.com/IEJuFQ6Xrp

— ANI (@ANI) January 15, 2021




  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १३:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया