विनोद भण्डारीको शतकमा गण्डकीलाई २८८ रनको लक्ष्य

राजधानी काठमाडौंमा शुक्रबारबाट सुरु भएको एक दिवसीय प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमै शतक प्रहार भएको छ ।

चौथौ संस्करणको प्रधानमन्त्री कपको उद्घाटन खेलमा गण्डकीविरुद्ध शतक प्रहार गर्ने खेलाडी हुन आर्मीका कप्तान विनोद भण्डारी ।

प्रधानमन्त्री कपमा विनोदको यो पहिलो शतक हो । उनले खेलको ४८ औं ओभरको अन्तिम बलमा गण्डकीका कप्तान विपिन खत्रीको बलमा छक्का प्रहार गर्दै आफ्नो पहिलो शतक पूरा गरेका हुन् । 

७२ रनमा २ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका भण्डारीले शतक प्रहार गर्न ७२ बल लगाए जसमा ९ चौका र ४ छक्का सामेल थियो । उनी ७६ बलमा  ९ चौका र ५ छक्काको मदतले १११ रनमा अविजित रहे ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७  बनायो । आर्मीलाई ठूलो योगफल बनाउन ओपनर राजु रिजालले ४२, लोकेश बमले ४२ रनको योगदान दिए । 

गण्डकी लागि विपिन खत्री र विशाल पौडेलले समान २–२ तथा दिपेश खत्री र चन्द्र पौडेलले समान १–१ विकेट प्राप्त गरे ।





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १३:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया