प्रचण्ड-माधव समूहको बैठक : ओली पक्षका प्रदेश नेतालाई हटाउने तयारी

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बैठक सुरु भएको हो ।

आजको बैठकले नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका नेताहरुलाई जिम्मेवारीबाट हटाएर आफ्नो पक्षका मान्छेलाई राख्ने तयारी गरेको छ । त्यस्तै यसअघि नै सार्वजनिक भएको आन्दोलनका कार्यक्रमहरु र त्यसको समीक्षा पनि बैठकमा हुनेछ ।

को-को छन् हटाइने सूचीमा 

प्रचण्ड-नेपाल समूहले आजको बैठकमार्फत प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई हटाउने तयारी छ । त्यहाँ इन्चार्ज प्रचण्ड र अध्यक्ष नेपालनिकटलाई बनाउने तयारी गरिएको छ ।
 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १३:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया