विवेकशीलको प्रदर्शन : लोकतन्त्रको बिरुवा नमार !

विवेकशील पार्टीले शुक्रबार पनि माइतीघर मण्डलमा ‘लोकतन्त्रको बिरुवा नमार !’ भन्दै संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा सांकेतिक रुपमा गमला प्रदर्शन गरिएको छ ।

‘लामो संघर्ष तथा त्यागपछि प्राप्त लोकतन्त्र शैशवकालमै रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशका लागि अशुभ संकेत हो,’ विवेकशील पार्टीका नेता तथा सामाजिक अभियन्ता शशिविक्रम कार्कीले भने ।

विवेकशील पार्टीले हरेक दिन बिहान साढे १० बजे माइतीघर मण्डलमा संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १४:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया