कमलपोखरीको पुरातात्त्विक महत्त्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
कमलपोखरीको पुरातात्त्विक महत्त्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले विरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको तथा यसको महत्त्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निमाण गरिएका कारण विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाइ छ ।
ठेकेदार कम्पनीले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाइ भइरहेको वडा सदस्य राजकुमार श्रेष्ठले बताए । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानीयले विरोध गरिरहेको उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निर्माण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानीयले भने पुरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निर्माण गरिएको भन्दै विरोध जनाउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।