जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला समन्वय प्रमुख ओली सहित रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमल गिरी रहेका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोलास्थित भरत घर्तीमगरको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट २५ हजार २ सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।