देशभर थपिए २७० संक्रमित, पाँचको निधन

पछिल्लो २४ घन्टामा देशभर थप २७० जना  कोरोना भाइरस संक्रमित फेला परेका छन् । 

३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । थपिएकामध्ये १७२ जना संक्रमित काठमाडौं उपत्यकाका छन् ।

यो अवधिमा ३९० जना निको भएर घर फर्किएका छन् भने कोरोना भाइरसकै कारण ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 
 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १७:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया