गणतन्त्र ल्याउन बलै प्रयोग गर्न पनि पछि नपर्ने : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा गणतन्त्र ल्याउन सबै क्रान्तिकारी कम्युनिस्ट मिल्नुपर्ने बताएका छन् । मोरङको बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हाल नेकपा भित्रको पद र प्रतिष्ठाको लडाइँले मुलुकलाई संकटकाल तर्फ धकेलेको उनले आरोप लगाए । वैद्यले अबको एकमात्र विकल्प गणतन्त्र भएको बताए ।

उनले अहिलेको भन्दा खराब स्थिति आउन नदिन क्रान्तिकारी कम्युनिस्टहरूको मोर्चाबन्दी आवश्यक रहेको बताए । वैद्यले क्रान्तिकारी कम्युनिस्टहरूसँग मोर्चाबन्दी गरेर अब मुलुकमा जनगणतन्त्र ल्याउन संघर्ष गर्ने बताए ।

उनले संघर्ष शान्तिपूर्ण हुने भन्दै त्यो सम्भव नभए बलपूर्वक भए पनि अघि बढ्ने बताए । वैद्यले मोर्चाबन्दीका लागि अहिले नेत्रविक्रम चन्द समूहसँग छलफल भइरहेको जानकारी दिए ।

लोकतन्त्र र संविधानको असफलता

नेकपाभित्रको अहंताले हालसम्म प्राप्त उपलब्धि समाप्त भएको टिप्पणी महासचिव मोहन वैद्यले गरेका छन् ।

उनले प्रतिनिधिसभा विघटन गर्नु मुर्खता भएको बताए । उनले यस्तो बेला सर्वोच्च अदालतले जस्तो सुकै फैसला गरे पनि जनताको हित नहुने तर्क गरे । उनले प्रतिनिधिसभा विघटन हुनु भनेकै लोकतन्त्र र संविधानको असफलताको प्रतीक रहेको बताए ।



संसदीय व्यवस्था मान्ने कम्युनिस्टहरू नै हुँदैनन् 

पत्रकारहरूको जिज्ञासामा महासचिव वैद्यले दुई–तिहाइको सरकार चलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्दैमा कम्युनिस्ट आन्दोलन कमजोर र असफल नहुने जिकिर गरे । उनले कम्युनिस्टहरूले संसदीय व्यवस्था नमान्ने तर विचलित भएर मान्न जानेहरू कम्युनिस्ट नहुने बताए । फरक प्रसंगमा उनले मोर्चाबन्दीका नाममा प्रधानमन्त्री केपी ओलीसँग बदला लिनकै लागि पुष्पकमल दाहाल प्रचण्डलाई नसघाउने बता



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १७:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया