अकर्मण्य सरकारको अपजस लिन कांग्रेस सत्तामा जाँदैन : महामन्त्री कोइराला
फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अहिलेको अवस्थामा कांग्रेस सत्तामा नजाने बताएका छन् । उनले केपी ओलीको सरकारले ३ वर्ष ६ महिनासम्म जनताका लागि केही काम गर्न नसकेको आरोप पनि लगाए । उनले भने, ‘अकर्मण्य सरकारको अपजस लिन कांग्रेस सत्तामा जाँदैन ।’

वैशाखमा निर्वाचन हुनका लागि निर्वाचन आयोगले नेकपा विभाजनको टुङ्गो लगाउनु पर्ने कोइरालाको धारणा थियो । उनले  निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताए ।

सञ्चारकर्मीसँग आज चितवनका कुरा गर्दै उनले  भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको  आयोगले जानकारी गराएर चुनाव चिह्न दिनुपर्छ ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । 

उनले भने, ‘अहिले हामी कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा छैनौं । हाम्रो आन्दोलन सत्ताका लागि नभएर लोकतन्त्र संरक्षणका लागि भएकाले  कांग्रेसले स्वतन्त्ररुपमा एक्लै आन्दोलन गर्छ ।’





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १९:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया