भारतमा किसान आन्दोलन : ९औं पटकको वार्ता पनि असफल
फाइल फोटो

केन्द सरकारले जारी गरेको कृषि कानुनको विषयमा भारतका किसान करिब २ महिनादेखि आन्दोलनमा छन् । शुक्रबार किसानका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच ९औं पटक वार्ता भएको थियो । त्यसले पनि कुनै निष्कर्ष निकाल्न नसकेको भारतीय मिडियाहरुले खबर दिएका छन् । 

किसान प्रतिनिधिसँग शुक्रबार भारत केन्द्र सरकार का तीन मन्त्रीले वार्ता गरेका थिए । आन्दोलनरत किसानहरु कृषि कानुनको खारेजीको मागबाट टसमस नभएपछि वार्ता सफल हुननसकेको सरकारी प्रतिनिधिहरुले बताएका छन् । 

माग सम्बोधन नभएमा भारतको स्वतन्त्रता दिवसका दिन दिल्लीमा ट्याक्टर जुलुस निकाल्ने चेतावनी आन्दोलनरत किसानहरुले दिँदै आएका छन् ।  जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएकोछ । 

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीनै कृषि कानुन खारेज गर्न सरकारी पक्ष तयार नभएकाले बताएका छन्।

 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ६:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया