आजको मौसम : पहाडमा बदली, तराईमा हुस्सु, हल्का वर्षा हुनसक्ने
फाइल फोटो

हाल देशमा  दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली  रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

 आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्ययैगरी प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा मौसम सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ६:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया