इन्डोनेसियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ४२ पुग्यो
इन्डोनेसिया शुक्रबार गएको भूकम्पमा परी भत्किएको घर । तस्वीर : रोयटर्स

इन्डोनेसियामा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४२ पुगेको छ । समाचार संस्था रोयटर्सले दिएको खबर अनुसार भूकम्पमा परी करिब १०० जना घाइते भएका छन् । 

अझै दर्जनौँ व्यक्ति भग्नावशेष पुरिएको इन्डोनेसियन अधिकारीहरुले जानकारी दिएका छन् , शुक्रबार गएको ६.२ म्याग्निच्ूडको भूकम्पले 
इन्डोनेसियाको सुलावेसी टापुमा ठूलो क्षति पुगेको हो । 

इन्डोनेसियन अधिकारीहरुले रोयटर्सलाई दिएको जानकारी अनुसार करिब ३०० सय भन्दा धेरै घरहरु भत्किएका छन् । दुई होटल, एक अस्पताल र क्षत्रीय गर्भनरको कार्यलय भत्किएको छ । 

भत्किएका भवनभित्र केही व्यक्तिहरु पनि फसिरहेको उनीहरुलाई निकाल्ने प्रयास भइरहेको इन्डोनेसियन अधिकारीहरुको भनाइ छ । 
 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ८:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया