'कुनै न्यायाधीशले भेटेका छैनन्, झुटको ठेक्का लिनेले के के लेखे'

काठमाडौं : संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा हेरिरहेका न्यायाधीशहरुले आफूलाई भेटेको भन्दै समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। 

नेकपा ओली समूह प्रदेश १ को काठमाडौंमा भएको भेलामा शनिबार बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 'संवैधानिक इजलासका त के अन्य न्यायाधीशहरुलाई पनि मैले कहिल्यै भेटेको छैन। अँ सपना प्रधान मल्ललाई सर्वोच्चको न्यायाधीश हुनुअघि वकिल भएका बेला देखेको थिएँ', उनले भने, 'अरु न्यायाधीशहरुलाई मैले देखेको पनि थिइनँ, चिनेको पनि थिइनँ।'

ओलीले आफूलाई न्यायाधीशले भेटेको भनेर समाचार लेख्नेहरुलाई झुटको ठेक्का लिएको आरोप लगाए। 'एउटा पत्रिका जो झुट बोल्ने कुराको ठेक्का लिएर बसेको छ। त्यसले फेरि आज पनि के न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर लेखेछ', उनले भने, 'लोकतन्त्र र त्यसका अंगमाथि नियोजित आक्रमण गर्नेहरुले यसरी समाचार लेखिरहेका छन्, लेखाइरहेका छन्।'





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १५:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया