काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन्। नेकपा ओली समूह प्रदेश १ को काठमाडौंमा भएको भेलामा शनिबार बोल्दै प्रधानमन्त्रीले दाहाल-नेपाल समूहमाथि व्यंग्य गरेका छन्।
दाहाल-नेपाल निर्वाचनमा जान डराएको भन्दै ओलीले उनीहरुको ब्रान्ड नै 'हामी यहाँ छौं' भइसकेको भन्दै कटाक्ष गरे। 'केन्द्रीय कमिटी बैठकमा नआएर साथीहरु कहाँ गए भनेको त माइतीघरको सडकतिर पो गएर बसेछन्', उनले भने, 'माइतीघरमा भेट्छु कि भनेर गएको त निर्वाचन आयोगमा पुगिसकेछन्। त्यहाँ पनि छातीमा 'हामी यहाँ छौं' नै टाँसेर पुगेछन्। अब त त्यो उनीहरुको ब्रान्ड नै भइसकेको छ।'
दाहाल-नेपाल निर्वाचनमा जान डराएको भन्दै ओलीले आक्रोश पोखे। 'निर्वाचनबाट आफ्नो हालत के हुन्छ भन्ने उनीहरुले बुझेका छन्', उनले भने, 'त्यही भएर उनीहरु निर्वाचनमा जान डराएका हुन्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।