'ओलीले वैशाखमा चुनाव गर्दैनन्, संसद फर्किए कांग्रेस बलियो हुन्छ'

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस भरतपुर महानगर समितिले शनिबार गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने बताएका हुन्। 

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुनेमा जोड दिए। 'प्रतिनिधिसभा विघटनको कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ', उनले भने, 'आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको होइन। अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको हो।'

संविधानको व्याख्या गर्ने न्यायालय भएमा संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको उनले दाबी गरे। 'संसद्‍मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजिएको छ', उनले भने, 'अदालतलाई दबाब दिएका छैनौँ।  अदालतले संविधान हेरिदेओस्।'

संसद विघटनपछि आफूहरु सडकमा आउन बाध्य भएको उनले बताए। 'लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्दैन', उनले भने 'जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन।'





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १९:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया