लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारी कार्यक्रम भएको छ । शिक्षक अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै खबरदारी गरेका हुन् । अधिकारीको ०५८ माघ ३ गते तत्कालीन विद्रोही माओवादीले चरम यातना दिएर हत्या गरेको थियो ।
सशस्त्र द्वन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको हो । पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको पीडितको गुनासो रहँदै आएको छ ।
राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुग्दा पनि न्याय पाउन नसकेको मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी बताउँछन् । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनको भनाइ छ ।
न्याय दिलाउन भनी गठन भएका दुई आयोगहरु पीडितलाई न्याय दिलाउनभन्दा पनि पीडकलाई चोख्याउन दलीय स्वार्थमा काम गरिरहेको द्वन्द्वपीडितको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।