सुर्खेतमा आपतकालीन कार्य सञ्चालन केन्द्र भवन सञ्चालन, गृहसचिव न्यौपानेले गरे उद्घाटन
जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्माण गरेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको भवन उद्घाटन गर्दै गृहसचिव महेश्वर न्यौपाने। तस्बिर : वसन्त भण्डारी/फरकधार

सुर्खेतमा २१ लाखको लगानीमा आपत्कालीन कार्य सञ्चालन केन्द्रको नयाँ भवन निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहको सहयोगमा नयाँ संरचना निर्माण गरेको हो । 

प्रशासनको हाताभित्र निर्माण गरिएको भवनको शनिबार नेपाल सरकारका गृहसचिव महेश्वर न्यौपानेले उद्घाटन गरेका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ५ वटा नगरपालिकाको ३–३ लाख र ४ वटा गाउँपालिकाबाट १ लाख ५० हजारका दरले जम्मा भएको कुल २१ लाख रुपैयाँ लगानीमा भवन निर्माण गरिएको हो । 

नयाँ भवनको निर्माण भएसँगै आपत्कालीन कार्य सञ्चालन केन्द्रले आफ्नो सेवालाई बिस्तार गर्दै प्रभावकारी तरिकाले अघि बढाउने बताइएको छ । नयाँ भवन बनेसँगै विपद्का घटनाको रेकर्ड राख्ने, विपद्को पूर्वसूचना दिने, पीडितलाई राहत उपलब्ध गराउनेजस्ता काममा सहज हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत श्रीशम्शेर रानामगरले जानकारी दिए । 

आपत्कालीन कार्यसञ्चालन केन्द्र यसअघि नै स्थापना भए पनि भवन अभावका कारण जनताले प्रभावकारी सेवा पाउन सकेका थिएनन् । भवनको उद्घाटन गर्दै गृहसचिव न्यौपानेले सेवाको गुणस्तरमा पनि ध्यान दिन प्रशासनलाई आग्रह गरेका छन् । 

सचिव न्यौपानेले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको समेत शिलान्यास गरेका छन् । ७ करोड ६१ लाख ५८ हजार ७ सय ३६ रुपैयाँ लागतमा निर्माण हुन लागेको भवन सुनकोशी प्रजिल एण्ड अभियान जेभी काठमाडौंले निर्माण गर्नेछ । उक्त भवन साढे २ वर्षमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार २०:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया