कर्णालीको हुम्लामा एक महिलाले श्रीमानलाई छाडेर अर्कैसँग गएको विषयमा झडप हुँदा गर्भवती महिला घाइते भएकी छिन् । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा विवादपछि झपड भएको हो ।
गाउँकै धनराज शाहीकी श्रीमतीले केही महिना पहिला धनराजलाई छाडेर उमेश शाहीसँग विवाह गरेकी थिइन्। विवाहपछि उमेशले ११ लाख तिरेपछि दुवै पक्षबीच मिलापत्र भएको थियो ।
शनिबार पुनः दुवै पक्षमा विवाद उत्पन्न भएको थियो । विवादका क्रममा पहिलो श्रीमान धनराज पक्षले महिलामाथि कुटपिट गरेका थिए ।
कुटपिटका कारण ५ महिनाकी गर्भवती रहेकी ती महिला घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते महिलालाई उपचारका लागिसिमकोट ल्याइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।