पोखरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नम्बरको जिप शनिबार साँझ पोखरा–बाग्लङ राजमार्गको याम्दीमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुन मृत्यु भएको हो । दुर्घटनापछि घाइते रहेको प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ ।
घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।