शंकरको दाबी : माधव नेपालको निर्देशनका कारण माओवादीबाट एमालेका ५ सय कार्यकर्ता मारिए
प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न जे पनि बोलेको आरोप

काठमाडौं : नेकपा विभाजनसँगै यतिबेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एउटा समूहमा उभिएका छन्। कुनै बेलाका कट्टर विरोधी नेता नेपालले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिरहँदा प्रचण्डको भने खुलेर प्रशंसा गर्न थालेका छन्। 

दाहाल-नेपालको सहकार्यलाई लिएर विभिन्न कोणबाट सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेका छन्। कसैले ओलीसँग बदला लिन भनेका छन् भने कसैले दुई नेताबीचको मिलनलाई अपवित्रसमेत भन्न भ्याएका छन्।

यस्तोमा दाहाल-नेपाल मोर्चालाई लिएर ओली समूहले निरन्तर आक्रमण गरिरहेको छ। दाहालसँगको सहकार्यले हिजो माधव नेपालले लिएको नीतिलाई गिज्याइरहेको टिप्पणी पनि कतिपयले गरेका छन्। यस्तै कटु आलोचना गर्नेमध्येका एक हुन ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल।
 
उनले जनयदुद्धको समयमा माओवादी उग्रवामपन्थको प्रतीकार गर्न दिएको निर्देशनका कारण नै एमालेका करिब ५ सय कार्यकर्ता मारिएको  स्मरण पनि गराएका छन्। माधव कमरेड तपाईँले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतम लगायत एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नु भएको थियो', उनले भनेका छन्, 'तर आज तपाईँ कमरेड प्रचण्डसँग सुरुदेखिनै सहकार्यमा रहेको दावी गर्दै हुनुहुन्छ। शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड!'

पोखरेलले आफ्ना ५ सय बढी कार्यकर्ता मारिएकै बखतदेखि सहकार्य गरेको भए पार्टीका लागि त्यो ठूलो घात भएको टिप्पणी गरेका छन्। त्यतिबेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र  कमरेड?', उनले भनेका छन्,'विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न आफ्नै मान्यता विपरीत नबोलेको भए हुन्थ्यो।'

उनले माओवादी शान्ति प्रक्रियामा आएपछि सहकार्य मात्रै नभएर एकता नै भएको बताएका छन्। 'माओवादी शान्तिप्रकृयामा प्रवेश गरेपछि हामी सबै सहकार्यमा होइन, एकतामा नै बाँधिएका हौँ', उनले अगाडि भनेका छन्, 'त्योभन्दा पहिले लामो समयसम्म तपाईँकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र? यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?'

कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक...

Posted by Shankar Pokhrel on Saturday, January 16, 2021




  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १३:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया