प्रचण्डले भने : विष्णु पौडेललाई महासचिवबाट हटायौँ, केपी ओलीलाई स्पष्टीकरण सोध्यौँ

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विष्णुप्रसाद पौडेललाई महासचिवबाट हटाइएको बताएका छन्। दाहाल-नेपालनिकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै दुई समूहमा विभाजित नेकपामा एक अर्कालाई कारवाहीको श्रृंखला चलेको छ। शुक्रबार मात्रै बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय लिएको थियो।

अर्कातिर यसअघि नै अध्यक्षबाट हटाएको भनिएका ओलीलाई पनि दाहाल-नेपाल समूहले स्पष्टीकरण सोध्ने निर्णय लिएको थियो। यदि चित्त बुझ्दो जवाफ नआएमा साधारण सदस्यबाटै ओलीलाई हटाउने यो समूहको तयारी छ।

'हामी सबैलाई लागेको फोहोर मैला सफा बनाउन लागेका छौं', दाहालले भने, 'हामीले महासचिवबाट विष्णु पौडेललाई हटाएका छौं। केपी ओलीलाई स्पष्टीकरण सोध्यौँ', दाहालले भने, 'उनीहरु ४४१ जना केन्द्रीय कमिटी भुलेर नौटंकी गरिरहेका छन्। १०० जना उपस्थित भएर ५७६ थप्ने, ११ सय ९९, १५ सय १ हुँदै २५ सय १ जनाको केन्द्रीय कमिटी बनाउँदैछन्।'





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १४:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया