निर्वाचन आयोगले थाल्यो दलहरुसँग चुनावी छलफल

निर्वाचन आयोगले आगामी वैशाखमा तय गरिएको चुनावका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आयोग परिसरमा भएको छलफलमा विभिन्‍न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी भएका छन् । सर्वदलीय उक्त छलफलमा नेकपा ओली पक्षका बाबुराम दाहाल, प्रचण्ड-माधव पक्षका राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानालगायतका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको निर्णयको विरोधमा उत्रिएको नेकपा प्रचण्ड-माधव पक्ष पनि छलफलमा सहभागी भएको छ ।

उक्त छलफलमा मतदाता नामावली अध्यावधिक, मतदानस्थल र मतदान केन्द्रलगायतका निर्वाचनको तयारीको विषयमा छलफल भएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेकी छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १५:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया