बजार २३ सय अंकमाथि पुग्दा करिब साढे ६ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन सेयर बजारले २३०० अंक पार गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा बजार साढे २८ अंकले बढेर २३ सय १५ अंकमा पुगेको छ । 

गतसातादेखि निरन्तर बढेको बजारमा कारोबार रकममा पनि सुधार देखिएको छ भने कारोबार हुने कम्पनीको संख्या पनि बढेको छ । दिनभरमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

निरन्तर बढेको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लागेको छ । दिनभरमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।

सूचक घटेको जलविद्युत् समूहको  यसअन्तर्गतका १६ कम्पनीको मूल्य बढेको छ । २० कम्पनीको घटेको छ । यो समूहको ३५ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

जलविद्युत् समूहको सुचक ७ अंकले घटेको दिन, बैंकिङ १, ब्यापार २३२, होटल १६, विकास बैंक ११०, फाइनान्स २५, निर्जीवन बीमा ७८, उत्पादन ४९, अन्य ६०, माइक्रोफाइनान्स ११५ र जीवन बीमा समूह २२१ अंकले बढेका छन् ।  

१५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको दिन  युनाइटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउका छन् । 



कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो ।


 



  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १६:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया