माघ ९ गतेको आन्दोलन भयंकर हुने प्रचण्डकाे चेतावनी

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने चेतावनी दिएका छन् । 

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो आन्दोलनमा आफू पनि लाठी खान तयार भएको भन्दै  ‘प्रतिक्रान्तिकाकारीको मुटु हल्लिने गरी’ लाग्न कार्यकर्तालाई आग्रह गरे ।  

‘प्रतिगमन’लाई परास्त गर्न नेता– कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ । उनले भने,  ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ ।’ 

प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको आरोप लगाएका छन् । ओलीको सेटिङविरुद्ध पनि आन्दोलन कडा बनाउनुपर्ने उनले बताए ।  ‘सेटिङ भइसकेको छ, हाम्रै पक्षमा फैसला आउछ भन्ने केपी ओली र उनका मान्छेहरुप्रति शंका गर्नुपर्छ,’ प्रचण्डले भने । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १७:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया