सुवास नेम्वाङलाई प्रदीप पौडेलले भने– दुई जिब्रो, पहिले नम्र बोली, अहिले ओली–ओली

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङमाथि गम्भीर आरोप लगाएका छन् । 

पौडेलले नेम्वाङले पहिले नम्र बोली बोले पनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दा देशलाई थप समस्या परेको भन्दै यस्तो आरोप लगाएका हुन् । 

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको तर नेम्वाङले बोली फेरेको भन्दै पौडेलले यस्तो आरोप लगाएका हुन् । उनले संविधानसभा अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार के हो भन्ने पनि ख्याल नभएको भन्दै सामाजिक सन्जाल ट्विटरमा नेम्वाङविरुद्ध लेखेका छन् । 

‘एक वर्षअगाडि आफैंले बोलेको कुराले गिज्याएन र ?’ पौडेलको प्रश्न छ, ‘कमरेड, संविधानको व्याख्या ओली ग्याङले गर्ने हो कि सर्वोच्च अदालतले ?’

 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २०:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया