अमेरिकामा मार्चसम्म कोरोनाको नयाँ भ्यारियन्टको समस्या बढ्दै जाने

सन् २०२० को डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोनाभाइरसको नयाँ भ्यारिएन्ट अब विश्वका लागि समस्या हुन थालेको छ । 

पछिल्ला केही दिन यता अमेरिकामा कोरोनाभाइरसको नयाँ भ्यारिएन्ट समस्या हुन थालेको हो । सबैभन्दा पहिले बेलायतमा भेटिएको यो भ्यारिएन्ट अब अमेरिकामा मार्चसम्म समस्या हुनसक्ने बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले यो चेतावनी पनि दिएको छ । सिडिसीले अबका केही साता यो भाइरसको नयाँ भ्यारिएन्ट थप समस्या हुन सक्ने र यसको फैलावट निकै रफ्तारमा हुनसक्ने चेतावनी दिएको हो ।

चिसो मौसम सुरु भएसँगै कोरोनाको संक्रमणको समस्या बढ्दै गएको पनि सिडिसीले जनाएको छ ।

अहिले आएको कोरोनाको भ्याक्सिन नयाँ भ्यारिएन्टलाई खासै प्रभावकारी नभएको बताइएकाले यसलाई थप चिन्ताको रुपमा लिइएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २१:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया