एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
फाइल फोटो

सप्तरीमा एक एचआइभी संक्रमित किशोरीको मृत्यु भएको छ । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचाररत किशोरीको आइतबार साँझ मृत्यु भएको अस्पतालले स्रोतले जनाएको छ।

  एचआइभी एड्सबाट पीडित राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

अस्पताल स्रोतका अनुसार उनका बाबुआमाको पनि एचआइभी एड्सबाट नै मृत्यु भएको थियो । बाबुआमाकै कारण जन्मैदेखि उनमा एचआइभी भाइरस संक्रमण भएको थियो। 

 स्वास्थ्य अवस्था गम्भीर भएपछि ती किशोरी  दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकी थिइन् । मृतक अमैयाका १२ वर्षीय भाइलाई पनि एचआइभी संक्रमण छ। 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार ८:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया