मधेस आन्दोलनका सहिदको सम्झनामा आज सार्वजनिक विदा

मधेस आन्दोलनका ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश–२ मा आज सार्वजनिक विदा दिएको छ ।  आजको दिनलाई बलिदानी दिवस भन्दै प्रदेश–२ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । 

२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको थियो । त्यसै घटनापछि मधेश आन्दोलन चर्किएको थियो । 

सोही दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन्।

२०६३, २०६४, २०७२ सालमा भएका मधेस आन्दोलनमा १०३ जनाले ज्यान गुमाएका थिए । 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार ९:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया