सप्तरीमा आगलागीबाट ४ वटा घर जलेर नष्ट भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार कंलालिनी नगरपालिका–२ सकरदहीका जगन सुतिहारको गाईगोठबाट गएराति आगो फैलिएको थियो ।
आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिएका छन् ।
आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद र भाँडाकुडा गरी करिब रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको यादव बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।