प्रदेश १ मा शेरधन राई फेरि बने बलियो

प्र्रदेश १ मा केहीअघिसम्म विश्वासको मत नपाउलान् भन्ने सोचिएका मुख्यमन्त्री शेरधन राई अब बलियो बन्दै गएका छन् । 

यसअघि राईलाई समर्थन नगर्ने भन्दै उनीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु धमाधम हस्ताक्षर फिर्ता लिन अग्रसर भएपछि राई बलियो हुँदै गएका हुन् ।

नेकपामा केपी शर्मा ओली समूहका राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच जना सांसदले अहिलेसम्म हस्ताक्षर फिर्ता लिने भएका छन् । यीमध्ये तीन जनाले आज मात्रै आफ्नो हस्ताक्षर फिर्ता लिने भएका हुन् । 

झापाका सांसद् जसमाया गजमेर, गोपलचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले आज आफ्नो हस्ताक्षर फिर्ता लिने बताएका छन् । यसअघि सांसद कला घले र वसन्तीदेवी यादवले पनि आफ्नो हस्ताक्षर फिर्ता लिने घोषणा गरिसकेका थिए ।

योसँगै अब प्रदेशको हिउँदे अधिवेशन नजिकिँदै गर्दा राईको मुख्यमन्त्री पद थप बलियो हुने भएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १२:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया