भारत र अस्ट्रेलियाको चौथो टेस्ट अस्ट्रेलियामा जारी छ।ब्रिसबनस्थित गाब्बा मैदानमा जारी खेलको चौथो दिन सकिन लागेको छ।चौथो दिनको अन्तिम अवस्थामा भारतले जितको लक्ष्य पाएको छ।अस्ट्रेलियाले भारतका लागि ३२८ रनको जित लक्ष्य प्रस्तुत गरेको हो।
दुवै टोलीको पहिलो इनिङ सकिँदा ३३ रनको लग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा १० विकेट गुमाएर २९४ रन बनाएको छ ।
अस्ट्रेलियाले बिना विकेटको क्षतिमा २१ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल सुरु भएको थियो। अस्ट्रेलियाका लागि ओपनरद्वय मार्कस ह्यारिस र डेबिड वार्नरले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गर्दै राम्रो अवस्थामा पुर्याएका थिए।८९ रन बनाउँदा ह्यारिस आउट भए भने थप दुई रन जोड्दा वार्नर पनि आउट भए।
त्यसपछि १२३ रन पुग्दा अस्ट्रेलियाले ४ विकेट गुमाएसकेको थियो।अघिल्लो इनिङमा शतक बनाएका मार्नुस लाबुशेनले २५ रन मात्रै बनाउन सके भने म्याथ्यू वेड शून्य रनमै आउट भए।
स्मीथ र युवा ब्याट्म्यान क्यामरोन ग्रीनले पाचौँ विकेटका लागि ७३ रनको साझेदारी गरी टोलीलाई लयमा फर्काएका थिए।
दोस्रो इनिङमा अस्ट्रेलियाका लागि स्टेभेन स्मीथले मात्रै अर्धशतक बनाउन सके।अन्यले मध्यम प्रदर्शन गरे। स्मीथले ५५ रन बनाए।उनीपछि डेबिड वार्नरले ४८, मार्कस ह्यारिसले ३८, ग्रीनले ३७, कप्तान टिम पाइनले २७ रन जोड्दा आठौँ नम्बरमा क्रिजमा आएका प्याट कुम्निसले नटआउट २८ रन बनाए।
भारतका लागि मोहमद सिरजले ५, सार्दुल ठाकुरले ४ र वासिङटन सुन्दरले १ विकेट लिए।
अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो भने भारतले ३३६ रनको योगफल तयार पारेको थियो।
चौथो दिनको खेल सकिँनै लाग्दा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ४ रन बनाउँदा खेल वर्षाले अवरुद्ध बनेको छ।दोस्रो ओभरको खेल चलिरहँदा वर्षाले खेल रोकिएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।