नेपाली बजारमा केही दिन यता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार ७ सयले ओरालो लागेको सुन सोमबार पुन: २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सोमबार छापावाल सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा २ सयले नै घटेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।