नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा सोमबारसम्म १४ अर्ब रुपैयाँको आवेदन परेको छ ।
साँझ ५ बजेसम्म बैंकको आइपिओका लागि ११ लाख ७७ हजार ९ सय २० आवेदकबाट १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँबराबरको आवेदन परेको हो ।
बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता सेयर निष्कासन गरेको छ ।
उक्त शेयर मध्ये शून्य दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।
बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकको आइपिओमा आवेदन दिने भोलि मंगलबार अन्तिम दिन रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।