पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरुद्धको संघर्षलाई पूर्ण मुक्तिको लडाइँसँग जोड्न सबैलाई आह्वान गरेका छन् ।
मधेस बलिदान दिवसको सन्दर्भमा आफ्नो धारणा राख्दै समाजवादी जनता पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले पूर्ण मुक्तिको लडाइँ जारी भएको बताएका हुन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले सबै पहिचान र अधिकारको संघर्षमा बलिदान भएका सहिदहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै आन्दोलनकारीहरूलाई शुभकामना पनि दिएका छन् ।
उनले लेखेका छन् :
मधेश बलिदान दिवस(माघ५)को सन्दर्भमा सबै पहिचान र अधिकारको संघर्षमा वलिदान हुनुहुने शहीदहरूप्रति हार्दिक श्रद्धान्जली तथा आन्दोलनकारीहरूलाई शुभकामना!उत्पीडित जाति/राष्ट्रियताहरूको पूर्ण मुक्तिको लडाईं जारी छ! ओली प्रतिगमन विरूद्धको संघर्षलाई पूर्ण मुक्तिको लडाइॅसंग जोड्दै अघि बढौं!
— Baburam Bhattarai (@brb1954) January 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।