नेकपा दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा उत्रिन सर्वसाधारणलाई अपिल गरेको छ ।
अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक अपिल निकाल्दै यस्तो आग्रह गरेका हुन् ।
प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गर्दै उनीहरुले प्रतिनिधिसभा पुनस्र्थापना नभए देश गम्भीर संकटमा पर्ने दाबी गरेका छन् ।
‘यतिवेला अचेत भएको संविधानलाई क्रियाशील बनाउने काम सर्वोच्च अदालतको हो,’ उनीहरुले भनेका छन्, ‘तर, प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनस्र्थापना हुनै नसक्ने भनेर दबाब दिइरहेकाले हामीले सडकमा निस्केर त्यसविरुद्ध खबरदारी गर्नुपरेको छ ।’
हेर्नुस् अपिल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।