सुनको मूल्य ४ सयले बढ्यो

केही दिनदेखि घट्ने क्रममा रहेको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले बढेको  छ । साताको पहिलो र दोस्रो दिन घटेको सुनको मूल्य मंगलबारका लागि प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

साताको पहिलो दिनको तुलनामा २ सय रुपैयाँ घट्दै सोमबार सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँले बढेको छ । चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहान सुन प्रतिऔंस १८३९.८३ डलर र चाँदी २५.२४ डलरमा कारोबार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १३:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया