नयाँ रिपोर्टकोे खुलासा– चीनले चाहेको भए रोकिन्थ्यो कोरोनाभाइरस

सन् २०१९ को अन्त्यमा चीनमा पहिलोपटक देखिएको कोरोनाभाइरसका कारण अहिले पनि विश्व त्राहिमाम बनिरहेको छ । विश्वभर कोरोनाभाइरसका कारण अब लाखौंले ज्यान गुमाएका छन् । आर्थिक प्रभाव पनि निकै बढी परेको छ । 

अनि यो भाइरसले समस्या पारेको सुरुवातदेखि नै अमेरिकालगायतका देशले चीनले कोरोनाभाइरस नियन्त्रणमा खासै काम नगरेको आरोप लगाइरहेका छन् ।

अब विश्व स्वास्थ्य संगठन र चीनको निस्क्रियताका कारण नै यो भाइरस थप समस्याग्रस्त भएको बताउन थालिएको छ ।

एक स्वतन्त्र प्यानल (इन्डिपेन्डेन्ट प्यानल फर प्यान्डेमिक प्रिपयर्डनेस एन्ड रेस्पोन्स)ले आफ्नो रिपोर्टमा चीनले चाहेको भए यो कोरोनाभाइरसको संक्रमण रोकिन सक्ने बताएको हो । यसको यो रिपोर्ट आएसँगै अहिले विश्वभर यसको चर्चा फेरि बढ्न थालेको छ ।

यो प्यानलले दिएको रिपोर्टमा चाहिँ चीनले मात्र नभएर यो विषयमा विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमण फैलिने विषयमा गम्भीर भएर काम नगरेको बताइएको छ । चीनमा सबैभन्दा पहिले कोरोनाभाइरस देखिएको समयमा विश्व स्वास्थ्य संगठन तथा बेइजिङले आवश्यकताअनुसार काम नगरेको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १३:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया