पर्यटन व्यवसायीले भेटे अर्थमन्त्री, पुनर्कर्जालाई सहज बनाउन माग

कोरोना भाइरसका कारण प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्  ।

पर्यटन र होटल व्यवसायका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा मंगलवार भएको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए ।  

बजेट तथा मौद्रिक नीतिमा भएका कार्यक्रम कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानको क्षेत्रमा सकारात्मक रुपमा अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढन र कठिनाइ परे सहजीकरण तथा सहयोग गर्ने बताए । 

कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने भन्दै अर्थमन्त्री पौडेलले पर्यटन र होटल क्षेत्रमा परेको अप्ठ्याराप्रति संवेदनशील रहेको बताए । 
पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमान्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने पनि उनले बताए । 

पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि चुक्ता अवधि बढाउन तथा विद्युत् डिमान्ड शुल्क छुटको व्यवस्था गरिदिन माग गरे । 

उनीहरुले पुनर्कर्जामा रहेको सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग गरेका थिए । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए । 




 



  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १६:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया