काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
ना७ख २२०९ नम्बरको ट्याङ्करले बा५४प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ५८ वर्षीया रिता खड्गीको मृत्यु भएको हो ।
श्रीमान जेन खड्गीले चलाएको स्कुटरमा पछाडि बसेकी उनको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । स्कुटरचालक सामान्य घाइते छन् ।
ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साल पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।