१५ वर्षीया बालिकाको विवाह ४३ वर्षीय पुरुषसँग गर्न लागेपछि..
फरकधार / ७ माघ, २०७७
फाइल फोटो

सप्तरीका एक पाको उमेरका पुरुष र बालिकाबीच हुन लागेको बिहे प्रहरीले रोकेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिकाको विवाह सप्तरीकै तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग गर्ने तयारी भइरहेको थियो । उनकी आमा लगायत अभिभावकले छलफल गरी बालिकाको बालिकाको विवाहको तयारी गरेका थिए । 

बालिकाको विवाहबारे चलिरहेको छलफल सुनेका स्थानीयले अनमेल विवाह हुने लागेका खबर  प्रहरीलाई दिएका थिए ।  खरब पाएपछि प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो । 
प्रहरीले १५ वर्षीया बालिका, उनीसँग विवाह गर्न तयार भएका ४३ वर्षीय विनोद शर्मा सुतिहार उनी आमा  र अर्का एक वृद्धलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । 

बालिकाका बाबुले दोस्रो विवाह गरी परिवार छाडेका थिए । चार सन्तानलाई पालनपोषण गर्दै आएकी आमाले गरिबीकै कारण बालिकाको बिहे उमेर नमिल्ने पुरुषसँग गर्न तयार भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफल गरी अहिले बालिकाको विवाह नगराउने कागज गरी छाडिएको प्रहरीले जनाएको छ । 

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १०:१५:४१,   अन्तिम अपडेट : माघ ७, २०७७ बुधबार १०:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया