कुनैबेला बाबुरामको पार्टीमा सक्रिय करिश्मा मानन्धर अहिले यसो भन्छिन्
नयाँ शक्ति पार्टीको एक कार्क्रममा बाबुराम भट्टराई र अभिनेत्री करिश्मा मानन्धर । फाइल फोटो

कुनै समय बाबुराम भट्टराईको पार्टीकी सक्रिय नेता रहकी अभिनेत्री करिश्मा मानन्धरले बाबुरामको उर्जा अनावश्यक काममा खर्च भएको टिप्पणी गरेकी छिन्। 

बुधबार बिहान भट्टराईले जनता समाजवादी पार्टीले संसद विघटन विरुद्ध आयोजना गर्न लागेको विरोध कार्यक्रममा सहभागी जनाउन आग्रह गर्दै फेसबुकमा पोस्ट गरेका थिए। 

भट्टराईले ब्यानर समाउँदै जुलुसको नेतृत्व गरिरहेको आफ्नो फोटोसहित पोस्ट गरेका थिए । त्यो पोस्ट सेयर गर्दै अभिनेत्री मानन्धरले बाबुराम जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अनावश्यक काममा खर्च भएको बताएकी हुन्। 

‘तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुखः लाग्छ डा. साब’ उनले लेखेकी छिन्। 

यसो भन्दै उनले गणतन्त्र र नेपालको राजनीतिक संस्कारमाथि प्रश्न गरेकी छिन् ।  

२०७२ सालमा संविधान जारी हुनेबित्तिकै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पूर्ववत: पार्टी माओवादी त्यागेका थिए । त्यसको केही महिनापछि तामझामका साथ बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गर्दा त्यसमा अभिनेत्री मानन्धर पनि सामेल भएकी थिइन् । नयाँ शक्ति पार्टी घोषणा सभाको कार्यक्रम सञ्चालक अभिनेत्री मानन्धर नै थिइन्। 



नयाँ शक्ति पार्टीको संगठन निर्माण देखि चुनावी अभियानसम्मका लागि मानन्धर बाबुरामसँगै देशका विभिन्न ठाउँमा समेत पुगेकी थिइन् । नयाँ शक्ति पार्टीका गतिवधिमा सक्रिय रहेकी उनी बाबुरामले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि निक्रिय भएकी हुन् ।



  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार ११:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया